Koribati

Cinema News

‘कृ’ले विभिन्न रेकर्ड बनाउदै । यसो भन्छन निर्माता (भिडियो)

12 February
18

कोरीबाटी, माघ २९ / यस बर्षको बहुप्रतिक्षित फिल्म ‘कृ’ अहिले हलहरुमा लागी रहेछ । फिल्मले निकै राम्रो व्यापार गरेको जानकारी छ । आइतवार राजधानीको कुमारी हलमा विशेष शो गरेको यस फिल्मले निकै राम्रो सकारात्मक प्रतिक्रिया बटुलेको छ । फिल्मको विशेष शोमा ख्याती प्राप्त कलाकारहरुको उपस्थित रहेको थियो । साथै विभिन्न पत्रकार र व्यक्तित्वको उपस्थिति रह्यो ।

शोमा ‘कृ’का कलाकारहरु अनमोल केसी, अदिती बुढाथोकी, अनुप बिक्रम शाही, सरोज खनाल, रुपा राना लगायत उपस्थित भए । निर्माताहरु भुवन के.सी, सुवास गीरीले मिडियासँग कुरा गर्दै फिल्मलाई सबैले राम्रो प्रतिक्रिया दिएको बताए । फिल्मले सुखद ब्यापार गरिरहेको साथै व्यापारमा विभिन्न रेकर्ड बनाएको पनि जानकारी दिए । वितरकहरुसँग यतिनै भन्ने हिसाब नबुझीसकिएको तर ‘कृ’ले राम्रो व्यापार गरेको र आफु खुसि भएको बताए ।

फिल्मको विशेष शोमा शोभित बस्नेत, सरोज खनाल, नरेन खड्का, सिताराम कट्टेल, कुञ्जना घिमिरे, किरण केसी, सञ्चारकर्मी रवि लामिछाने, भुवन चन्द, प्रदीप भट्टराई, शिव श्रेष्ठ, भुवन केसीका माता पिता लगायत उपस्थित भएका थिए । फिल्मको द्वन्द, छायाँकन, मेकिंगलाई सबैले प्रसंशा गरे । 

 ‘कृ’लाई सुवास इन्टरटेन्मेन्टको ब्यानरमा द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो भने कमल गिरीको कार्यकारी निर्माण बनेको फिल्मको सह–निर्माता श्री पराजुली हुन् ।

Share

Mp3 Section