Koribati

Cinema News

संचार मन्त्रि मोहनबहादुर बस्नेतबाट बक्स अफिसको उद्घाटन

13 February
18

कोरीबाटी, फागुन १ / मंगलबार राजधानीको थापाथली स्थित शिखर कम्प्लेक्स सुबिसु बिल्डिङमा आयोजीत एक कार्यक्रममा सुचना तथा संचार मन्त्रि मोहनबहादुर बस्नेतले नेपालमा बक्स अफिसको औपचारिक उद्घाटन गरे । थापाथलीको शिखर कम्प्लेक्समा मंगलबारबाट ‘डेटा हब’ संचालनमा आएको छ ।

कार्यक्रममा फागुन  ७ गते सम्मा काठमाडौँ उपत्यकाभित्र इटिकेटिंग सिष्टम जडान भैसकेका मल्टिप्लेक्स हल र केन्द्रिय सर्भरबीच लिंक गर्न र इटिकेटिंग जडान गर्न आवश्यक पर्नेलाई हार्डवेयर तथा नेटवर्किंग सम्बन्धि जडान गर्न चलचित्र बिकास बोर्डले पत्राचार गर्ने अध्यक्ष निकिता पौडेलले कार्यक्रममा बताइन ।

नेपालमा अबको केहि महिनामै सबै हलमा बक्स अफिस जडान गर्न पहल गरिने जानकारी कार्यक्रममा दिइयो ।

फिल्मको पारदर्शी ब्यापार र निर्माता एवं देशलाई दिनु पर्ने करको लेखा जोखा बक्स अफिसको लागुले निकै महत्वपुर्ण भूमिका खेल्दछ । कार्यक्रममा २०७५ असार ३१ गतेसम्म काठमाडौँ उपत्यका भित्रका सिनेमा घरहरुमा इटिकेटिंग प्रणाली जडान गरि आर्थिक वर्ष २०७५/७६ को साउन १ देखि चलचित्र बिकास बोर्डको केन्द्रिय सर्भरसम्म लिंक गरि काठमाडौँमा पूर्ण रुपमा बक्स अफिस लागु हुने जानकारी दिइयो ।


Share

Mp3 Section