Koribati

Cinema News

अनमोललाई देख्दा फ्यानका रुवाबासी (भिडियो)

13 February
18

कोरीबाटी, फागुन १ / आइतबार साँझ जब अनमोल आफ्नो फिल्म ‘कृ’को विशेष शोमा पुगे तब उनको नामले पुरा कुमारी हल गुन्जियो । उनि आउनु अगावै युवतीहरु हातमा फूलका गुच्छा लिएर उनको स्वागतमा खडा थिए ।

नेपालमा कमै नायक र नायिकाहरुको यस्ता डाइहार्ड फ्यान छन, जुन अनमोलका छन् । यतिकी उक्त शोमा युवतीहरु उनिसंगै सेल्फी खिची रमाइरहेका थिए । कतित रुवाबासी पनि गर्न थाले । अनमोल हलको प्रांगणमा रहिरहँदा बाहिर सडकमा गुडेका सार्वजनिक यातायातबाट युवतीहरुको ‘अनमोल’, ‘अनमोल’ भन्ने आवाज आइरहेको थियो ।

अनमोलले पनि आफ्ना फ्यानहरुलाई निकै मायाँ गरेको दृश्य देखियो । अन्मोलले आफ्ना फ्यानसँग सेल्फी लिए, गफ गरे, अंकमाल गरी खुसि बनाए । केहि समय अघि ‘कृ’ अभिनेत्री अदिति बुढाथोकीले ‘अनमोल सोझो, डिसेन्ट रहेको कुरा बताएकी थिइन् ।’ यो कुरा उनले आफ्ना फ्यानसँग देखाएको ब्यबहारले अनमोल राम्रो चरित्रको कलाकार हुन् भन्न सकिन्छ ।

युटुबमा अनमोलको बारेमा कुनै पनि भिडियो अपलोड हुँदा त्यो भाइरल हुने गर्दछ । यतिका फ्यानहरु बटुलेका अनमोलको हेर्नुहोस् भिडियो !!  

Share

Mp3 Section