अभिनेता रमित ढुंगाना नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छन् । उनले चलचित्र ‘पृथ्वीनारायण शाह’ निर्माण गर्न लागेका हुन् । यतिबेला रोल्पा रहेका रमितले ‘शाह’ को विषयमा चलचित्र बनाउने योजना रहेको बताएका छन् । यस चलचित्र अघि उनले मुस्कान खातुनको बारेमा चलचित्र बनाउने छन् । ‘बुद्ध बर्न इन नेपाल’ चलचित्रबाट निर्माताको रुपमा आएका रमितको पृथ्वीनारायण तेश्रो चलचित्र रहने छ । नेपालको १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पामा पहिलो पटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न स्थानको अवलोकन गरेका छन् ।