‘धेरे भो….’ गायक सञ्जय किशोरको नयाँ प्रयोग(भिडियो)

दुई दशकअघि नै पप गीतहरु गाएर दर्शक तथा स्रोताको मन जित्न सफल पप गायक सञ्जय किशोर श्रेष्ठले आफ्नै एउटा पुरानो लोकप्रिय गीतको नयाँ भर्सन सार्वजनिक गरेका छन् । झण्डै १८ वर्षअघि लोकप्रिय भएको पप गीत ‘धेरै भो किन तिमी आउँदैनौ…’ लाई रि–एरेञ्ज तथा रि–रेकर्ड गर्दै गायक सञ्जय किशोरले नयाँ म्युजिक भिडियोमार्फत सार्वजनिक गरेका हुन् । शैशव किशोर श्रेष्ठ यो गीतको अडियो निर्माता हुन् । यो गीतमा संगीतकर्मी जेम्स प्रधानको शब्द तथा संगीत समावेश छ । संगीतकर्मी प्रधानकै अनुमति लिएर गायक श्रेष्ठले यो गीतलाई पुनः रेकर्ड गरेको बताईएको छ ।

नयाँ रेकर्डिङ गरिएको गीतमा तुन्नाबेल थापाको संगीत संयोजन छ । गीतमा मनिष गन्धर्वको सारंगीवादनलाई समावेश गरिएको छ । सन् २००४ मा सार्वजनिक भएको ‘बजेट २००४ः इमोशन’ एल्बममा समावेश यो गीत नयाँ एरेञ्जमेन्टसहित पुनः दर्शक तथा स्रोतामाझ आएको हो । ओएसआर म्युजिकको यूट्युबबाट सार्वजनिक हुने उक्त भिडियोलाई भूमिका देवानले निर्माण गरेकी हुन् । काठमाडौंमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई स्थापिन निर्देशन सोनम पाख्रिनले निर्देशन गरेका छन् ।

भिडियोमा अभिनेता तथा मोडल जोर्डन राजभण्डारी तथा अभिनेत्री अञ्जली अधिकारीका साथमा राम भण्डारी, किरण कुमार शर्मा, जयराम बर्मा, ममता दाहाल, गीता थापा आदि कलाकारले अभिनय गरेका छन् । वियोगान्त कथा चित्रण गरिएको भिडियोमा अभिनेता जोर्डन राजभण्डारीले आकर्षक अभिनय गरेका छन् । उनले गम्भिर चरित्रलाई सहजताका साथ निर्वाह गरेका छन् । अभिनेत्री अञ्जली अधिकारीको अभिनयको हाउभाउ आकर्षक देखिन्छ । भिडियोमा निसल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ ।

Leave a Reply