‘केजीएफ-२’ सँग नभिड्न शाहिद कपूरको ‘जर्सी’ एक साता पछि सर्यो

एक भन्दा बढी पटक कोरोना महामारीको असर परेको सबैभन्दा प्रतिक्षित चलचित्रहरू मध्ये एक हो शाहिद कपूर र मृणाल ठाकुर स्टारर बलिउड चलचित्र ‘जर्सी’। उक्त चलचित्रको प्रदर्शन मिति एक साता पछि सरेको छ । अब यो चलचित्र अप्रिल २२ मा प्रदर्शन हुनेछ । कोरोना महामारीले यसअघि पनि पोस्टपोन्ड भएको यो चलचित्र पुनः सरेको हो । यसअघि सन् २०२१ को डिसेम्बरमा प्रदर्शन हुने भनिएको चलचित्र कोरोनाको तेस्रो लहरले पोस्टपोन्ड भएको थियो ।

गौतम तिन्ननुरी द्वारा निर्देशित, यो चलचित्र २०१९ को तेलुगु ब्लकबस्टरको हिन्दी रिमेक हो। जर्सी अल्लु अरविन्दद्वारा प्रस्तुत गरिएको हो र दिल राजु, एस नागा वाम्सी र गिलले निर्माण गरेका हुन्। चलचित्र‘जर्सी’ अब कन्नड चलचित्र ‘केजीएफ च्याप्टर २’ सँग भिड्ने छैन । यो मितिमा भारतीय बक्स अफिसमा अब यश स्टारर ‘केजीएफ-२’ एक्लै प्रदर्शन हुनेछ ।

Leave a Reply