निर्देशक शोभित बस्नेतको चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन शुक्रवार जुम्ला जिल्लाको पटमारा गाउँबाट सुरु भएको हो । चलचित्रमा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया, ललित जङ्ग महतलगायतको अभिनय रहनेछ ।
चलचित्रमा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई उठान गरिने छ । कर्णाली क्षेत्रको भाषा तथा भेषभुषा र रहनसहनलाई समेत प्रस्तुत गरिने फिल्मको कर्णाली प्रदेशको १० वटै जिल्लामा छायांकन हुनेछ ।
एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने चलचित्रमा शान्ता शर्माको लगानी रहनेछ । चलचित्रमा नवदत्त न्यौपानको संगीत र रामकृष्ण बुड्थापाको कथा छ । ज्ञान कुमार कट्टेल छायाँकार रहेको चलचित्रमा गौतमराज खड्काको सम्पादन रहने छ ।