चलचित्र ‘पञ्चेबाजा’का निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘लन्डन टु पेरिस’ मा दुई नायक अनुबन्ध भएका छन्। चलचित्रमा नव नायक निश्चल खड्का र ‘लम्फू’बाट डेब्यु गरेका कबीर खड्का भित्रिएका हुन् । चलचित्रमा मुख्य अभिनेत्रीहरुको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा अनुबन्ध भैसकेका छन् । मोडल निश्चलले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्नेछन् । त्यस्तै, कबीरको जोडी चाहिं गरिमासँग बाँधिनेछ ।
एबी इन्टरनेसनलले निर्माण गर्न लागेको चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ । यस चलचित्रलाई ट्राभल लभस्टोरी भनिएको छ । ‘लन्डन टु पेरिस’मा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम, अजित सिंह र सनिष खकुरेको लगानी रहनेछ ।