‘घनचक्कर’को भोजपुरी भाषाको प्रमोशनल गीत रिलिज

सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । बिजन श्रेष्ठको संगीत रहेको गीतको शब्द रचना जेवी डिसी र बन्दना मैनालीले गरेका हुन् । सार्वजनिक गीतमा गीतकार मैनाली र पवन पौडेलको स्वर छ । असार १० गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको सार्वजनिकमा गीतमा चलचित्रको मुख्य पात्रबीचको प्रेम र पौसा चक्कर देखाइएको छ ।

चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

Leave a Reply