चलचित्र ‘लू’ निर्देशन गर्दै प्रदीप भट्टराई

नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’मा आधारित हुने सोही शीर्षकमा निर्माण हुने चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । शनिवार निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निशा खरेल र निर्देशक भट्टराईबीच कागजी सम्झौता भएको हो । ‘जात्रा’, ‘शुत्रे गते’ र ‘जात्रै जात्रा’ गरी तीन ब्लकबस्टर फिल्म दिएर ह्याट्रिक गरेका भट्टराई यतिबेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर चलचित्र ‘महापुरुष’को निर्देशन गरिरहेका छन् ।

चलचित्रको छायाँकन आउँदो मंसिरबाट सुरु हुने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको भगीनी संस्था कारो फिल्मस्ले चलचित्र बनाउन लागेको हो । चलचित्रका लागि कारो फिल्मस्ले आधिकारिक अनुमति लिएको छ । चलचित्रमा कालीप्रसाद बाँस्कोटाले संगीत रहने छ ।

उपन्यासकार समेत रहेका पाण्डे र निर्मात्री खरेल मिलेर चलचित्रको पटकथा लेखिरहेका छन् । चलचित्रको कलाकार र प्राविधिक टिम छनौट क्रममा छन् । सबै छनौट भएपछि चलचित्रको मुहूर्त गरिने निर्माण टिमले जनाएको छ ।

Leave a Reply