अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी आगामी शुक्रबार अर्थात् असार २४ गते वैवाहिक जीवनमा बाँधिदै छन्। यतिबेला विवाहको तयारीमा जुटेका यो जोडीले विवाहभन्दा अगाडि चलचित्र ‘ह्रस्व दीर्घ’को शुभ मुहूर्त गरेको छ । ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा मुहूर्त गरिएको हो ।
नीता फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ घोषणाको क्रमदेखि चर्चामा छ । अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको चलचित्रमा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहनेछन् । नीता र हरिहर आफैमा ‘लभ कपल’ हुन् ।