संयम र आश्मा मंसिर १६ गते बिहे गर्दै

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहाल विवाह बन्धनमा बाँधिने भएका छन् । करीब ९ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु आगामी मंसिर १६ गते विवाह बन्धनमा बाँधिन लागेको जानकारी प्राप्त भएको छ ।

संयम निर्देशक नारायण पुरीका छोरा हुन् भने आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । यो जोडीले एकसाथ केही चलचित्रमा समेत काम गरेको छ । पहिलो पटक उनीहरुले चलचित्र ‘आभाष’मा काम गरेका थिए । यही चलचित्रबाट उनीहरुबीच प्रेम सुरु भएको बताइन्छ । संयम र आश्मा विवाहका लागि दशैं आसपासमा नेपाल आउने तयारीमा छन् ।

Leave a Reply