‘लिलु’मा सुदुरपश्चिमको छाउपडी प्रथा

सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेपनि नेपालमा अझैपनि पुणर्रुपमा छाउपडी प्रथा हट्न सकेको छैन । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।

तर यो कानुनले अझैपनि छाउपडी प्रथालाई रोक्न सकेको देखिदैन । सुदुरपश्चिमका जिल्लाहरुमा अहिलेपनि छाउपडी प्रथा देखिएकै कारण गीतसंगीतको तर्फबाट भएपनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एल.पी शर्मा र गौरब गिरीको टिमले छाउपडीकै बिषयमा गीत बनाउने निणर्य गर्‍यो र बन्यो ‘लिलु’ ।

‘लिलु’ अछाम सहित सुदूरपश्चिम तथा कणर्ाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको कथा बोकेको देउडा गीत हो । जसमा गितकी मुख्य पात्र लिलुले पहिलो पटक आफु छाउ भएको सपना देख्छिन् । दोश्रो दिन उनी स्कुल जाँदा आफ्नो साथीलाई सो कुरा सुनाउछिन् । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुकी साथीले छाउको समयमा मन्दिरमा ढोग्न हुँदैन भन्छिन् । लिलुले आफुलाई गास, कपास दिए पनि बास नदिएको कुरा गितमा व्यक्त गर्छिन् ।

एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै बेलौँना गीतमा पोख्छिन् । तर उनकी आमाले बर्ष, महिना त गयो ४ दिन त यत्तिकै जान्छ, तलाई केही हुदैँन भन्दै गितमा सम्झाउन खोज्छिन् । तर ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन् । उनको मृत्यु हुन्छ ।

गीतमा एल.पी. शर्मा र गौरव गिरीको शब्द छ भने पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर रहेको छ । गितमा संगित रोहित देउवाको रहेको छ । एचबिएन किस्मतले एरेञ्ज गरेको गित वान डिबी स्टुडियोमा बिमल चिनालले रेर्कड गरेका हुन् । गितमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मी प्रसाद शर्मा, भद्र जंग कुवँर, मुकेश सुनार, ईब्सु सञ्ज्याल र पशुपती कुवँरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन गौरब गिरीले नै गरेका हुन् ।

Leave a Reply