मिलन र आँचलको ‘वर एण्ड वधू’ को रोमानियाबाट छायांकन सुरु

निर्देशक मिलन चाम्सको निर्देशन रहने चलचित्र ‘वर एण्ड बधु’ को छायांकन शनिबारबाट सुरु भएको छ । चलचित्रको छायांकन युरोपको रोमानियादेखि सुरु भएको हो । चलचित्र छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तलगायतका कलाकार टोली शुक्रबार रोमानिया पुगेका थिए ।

चलचित्रमा मुख्य अभिनेताको रुपमा विवेक कर्मचार्य छन् । उनले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन्। चलचित्रमा विवेकको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिनेछ । कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने छिन् भने विवेक ‘वर’को। चलचित्र एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ।

रोमानियामा नेपाली स्टेज कार्यक्रम आयोजना गर्दै आएको नरेश गिरिले चलचित्र रोमानिय छायाँकन ब्यवस्था मिलाएका हुन् । गिरीका अनुसार रोमानियाको मुख्य ठाउँहरु व्रशोभ, कोन्सतान्चा र लासीमा चलचित्रको छायांकन हुनेछ । रोमानियमा चलचित्र १५ दिन छायाँकन हुने निर्माण युनिटले जनाएको छ ।

Leave a Reply