आजबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। निमेश प्रधानको निर्देशनमा बनेको ‘सम्झना बिर्सना’ र राजबहादुर सानेले निर्देशन गरेको ‘सिल्ली फो’ एकसाथ प्रदर्शनमा आएका हुन्।
चर्चित अन्स्क्रिन जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत प्रेमकथानक चलचित्रले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा १४ शो पाएको छ। अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको चलचित्रमा पूजा,आकाशका साथमा सुनील थापा,छुल्ठिम गुरुङ र शिसिर राणाको अभिनय छ ।
अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको कमेडी जनरामा निर्माण भएकोे चलचित्र ‘सिल्ली फो’ले क्युएफएक्समा ४ शो पाएको छ। चलचित्रमा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वर प्रसाद शर्मा लगायतका कलाकारहरु अभिनय रहेको छ ।
शुक्रबार नेपाली बक्स अफिसमा दुई नेपालीसँगै र दुई भारतीय चलचित्र पनि प्रदर्शन भएका छन् । भारतीय महिला क्रिकेट कप्तान मिथाली राजको जीवनमा आधारित ‘स्याबास मिठू’ र विक्रम भट्ट निर्देशित हरर जनराको ‘जुदा हो के भी’ समेत प्रदर्शनमा आएको छ ।
यो फिल्ममा तापसी पन्नु र विजयराजको मुख्य भूमिका छ । सुरजीत मुखर्जी निर्देशित फिल्मको लम्बाई २ घण्टा ३६ मिनेट छ । यसलाई बायोग्राफी, ड्रामा र स्पोर्ट्स जनरामा राखिएको छ । यस्तै