कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्न लागेको नयाँ चलचित्रका लागि मुख्य भूमिकामा दुई अभिनेत्री फाइनल भएका छन् । निर्माण टिमले अभिनेत्री द्वय बेनिशा हमाल र मलिना जोशीलाई अनुबन्ध गरेको हो ।
दीपकको जोडीको रुपमा बेनिशा र सहायक अभिनेत्रीको रुपमा पूर्वमिस नेपाल समेत रहेकी मलिना देखिने छिन् । हेमराज विसीले निर्देशन गर्ने चलचित्रको नाम भने अझै निर्माण टिमले फाइनल गरेको छैन । चलचित्रमा बेनिशा र मलिनासँगै दीपकराज गिरी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाहल, दीपाश्री निरौला लगायतको पनि अभिनय रहनेछ ।
निर्देशक बिसी र दीपकराज -दिपाश्री टिमले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । चलचित्रको वोर्किंग टाइटल ‘मग्ने राजा’ राखिएको छ । नामले नै कौतुहलता जगाएको छ । चलचित्रलाई ‘छक्कापञ्जा’को चौथो सिक्वेल पनि भनिएको छ।
घामद शेरेको निर्देशनपछि मौन बसेका निर्देशक बिसी र दीपकदिपा टोलीको सहकार्य नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चाको विषय हो । अहिले निर्माता एवं अभिनेता गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् ।