आमिर खान र करिना कपुर स्टारर बलिउड चलचित्र ‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ । चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले २ करोड रुपैयाँमा किनेको हो । यसअघि ‘केजीएफ : च्याप्टर २’लाई पनि ब्यांकटेसले नै १ करोड ७० लाख रुपैयाँमा खरिद गरेको थियो भने ‘आरआरआर’को राइट १ करोड रुपैयाँ थियो ।
‘लाल सिंह चड्डा’ साउन २६ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । आमिर खान प्रोडक्सन र भायकम १८ कम्पनीले निर्माण गरेको चलचित्रको बजेट १५० करोड भारु बताइएको छ । यो चलचित्र सन् १९९४ मा रिलिज भएको टम ह्यांक्स स्टारर हलिउड चलचित्र ‘फरेस्ट गम्प’को रिमेक समेत हो ।