‘परदेशी २’ अब फागुन ५ मा प्रदर्शन हुने

नारायण रायमाझी निर्देशित चलचित्र परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो । निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए । उनले वितरक, हल संचालक एवं चलचित्रकर्मीहरुसँगको सरसल्लाहमा चलचित्रलाई फागुनमा ल्याउने निणर्य गरिएको जानकारी गराए ।

चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक नारायण रायमाझीले बताए । निर्णय अनपेक्षित भएपनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निणर्य लिइएको निर्माण टिमको भनाई छ । चलचित्र परदेशी २’ मा प्रशान्त तामाङ्, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका छ ।

Leave a Reply