वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ मा समावेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ । असोज २८ गते प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका हुन् ।
चलचित्रको पहिलो गीत ‘ए जदौ माया जदौं’ अत्यन्तै हिट भएको थियो । सो गीत युट्युवमा अहिलेसम्म २ करोड ५८ लाख बढी पटक हेरिसकिएको छ । कोरोना महामारीका कारण पूर्वघोषित ०७७ बैशाख १२ मा प्रदर्शन स्थगीत गरिएको चलचित्र अब भने दशै तिहारको बीचमा दर्शकमाझ ल्याउन लागीएको हो । सार्वजनिक दोश्रो गीतको शब्द एक्तारे र साकार पन्तले कोरेका हुन् भने स्वर र संगीत हर्कुलस बस्नेतको छ । बिरही भावको गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलीया,साकार पन्त,ऋचा शर्मा,रिमा बिश्वकर्मा,केकी अधिकारी,लक्ष्मी भुसाल,रबि डंगोल,मन्जु श्रेष्ठ,दिब्यदेवलगायतका कलाकारहरु समेटिएका छन् ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा बरिष्ट अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।
बिके फिल्मस् र एफडिले बितरण गर्ने चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन । डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकको मनमा बस्न सफल टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कै टिमले निर्माण गरेको ‘हिजो आजका कुरा-द मुभी’ लाई यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।