हलिउड अभिनेता मोर्गन फ्रिम्यानको सम्झनामा नेपालको दशैं र काठमाडौंको बसाई

हलिउडका चर्चित अभिनेता मोर्गन फ्रिम्यानले नेपालको दसैँलाई सम्झेका छन् । अमेरिकी टेलिभिजन सिरिज ‘स्टोरी अफ गड’ छायांकनका लागि उनी तीन वर्षअघि नेपालमा थिए ।

फ्रिम्यानले दशैं भाइब्सको अनुभूति गरिसकेका छन् र उनले तीन वर्षअघि काठमाडौंमा बसेको आफ्नो सम्झना पोस्ट गर्दै नेपाल घुमघामको बेला नेपाली ढाकाटोपी लगाएर फोटो खिचाएको, आतिथ्यता दर्शाएको र पिङ खेलेका तस्वीर सेयर गरेका छन् ।

उनी लेख्छन्, ‘दशैंको दुई साता लामो उत्सव नेपालीहरुका आधारभूत मान्यताहरुभन्दा माथि रहेर रुपक र शाब्दिक रुपमा पनि महत्वपूर्ण छ । दशैं खराबीभन्दा माथि राम्रोको विजयभन्दा पनि माथि हो । यसले हामीभित्रका अन्तद्र्वन्द्वलाई स्वीकार्दै र संसारमा असफलतालाई स्वागत गर्न हाम्रो आत्मालाई मुक्त गर्दैछ । स्टोरी अफ गडको छायांकनको क्रममा मेरो काठमाडौं यात्रा र दशैंको परम्परामा पूर्णतया डुब्दा मैले पाएको दया म कहिल्यै बिर्सने छैन ।’

नेसनल जोग्राफिकको उक्त शोको छायांकनका लागि फ्रिम्यानसहितको टोली नेपाल हुँदै भारत समेत पुगेको थियो । धर्म, आस्था र भगवानबारे संसारभरका मानिसको धारणा बुझ्नु फ्रिम्यान अभिनित टीभी श्रृंखलाको ध्येय रहेको नेसनल जोग्राफिकले उल्लेख गरेको छ ।

Leave a Reply