राजु गिरीको निर्देशन तथा निर्माणमा बन्न लागेको चलचित्र ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोटाको अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा अभिनेता आमेश भण्डारी मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। चलचित्रमा नम्रताको जोडी आमेशसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।
आमेश र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने फिल्मका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । फिल्मको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । हालै लेखक शिवम् अधिकारीले स्क्रिप्ट तयार गरेर निर्देशक गिरी र निर्माता खातीलाई हस्तान्तरण गरेका थिए ।