पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने

एक नाबालिगले जबर्जस्ती करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान कार्यक्रम बिहान ८ बजेबाट सुरु हुनेछ ।

नवलपुर र तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएपछि अभिनेता पल शाहले विगत १० महिनादेखि जेलबाटै अदालतको चक्कर काटिरहेका छन् । गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश जारी गरेपछि पल अहिले जिल्ला कारागार तनहुँमा छन् ।

Leave a Reply