कलाकार रामचन्द्र अधिकारी टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् । करिब तीन महिना अगाडि ‘मेरी बास्सै’ को सुटिङको क्रममा स्वास्थ्यमा समस्या देखिएको कारण अस्पताल भर्ना भएका उनी ठिक भएर अभिनयमा फर्किएका हुन् ।
अस्वस्थ भएपछि सिरियलबाट केही समय बाहिरिएका उनी पछिल्लो एपिसोडमा देखिने भएका छन् ।