‘जुठे’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

टेलिभिजन शृंखला ‘जुठे’ केही दिनयता युट्युबको नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा छ । बुधबार दिउँसोसम्म सिरिजको ८८ औं भागलाई १८ लाख पटक हेरिएको छ ।

‘जुठे’ शृङ्खलाले लमजुङको रैनास नगरपालिकाको वातावरण र क्षेत्रलाई समेटेको छ । साथै, विश्व कप फुटबल र चुनाव जस्ता सामयिक घटनाहरूको बारेमा एपिसोडहरू बनाइएको छ। हिमालय टिभीसँगको सहकार्यमा युट्युबमा मास्टर टिभी च्यानल मार्फत यो शृङ्खला सार्वजनिक हुनेछ ।

सिरिजलाई मरिचमान र राजु पौडेलले संयुक्त रुपमा निर्देशन गर्दैछन् । ‘जुठे’ मा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘जुठे’को पहिलो भागदेखि नै युट्युबमा यसले राम्रो दर्शक पाइरहेको छ ।

Leave a Reply