२०७२ सालमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । चलचित्र नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा बन्न लागेको हो । हाल चलचित्रको पटकथा लेखन भइरहेको छ । चलचित्रको प्रमुख भूमिकामा अघिल्लो शृंखलाका कलाकारहरु दोहोरिने छन् ।
वैशाख ११ गते चलेर ७१ लाख ग्रस कलेक्शन गरेको चलचित्रलाई वैशाख १२ मा आएको भुकम्पले ठूलो असर गरेको थियो । ठ्याक्कै ४ महिनापछि यो चलचित्र फेरि पनि हलमा लागेको थियो । विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासिया, शिशिर बाङ्देल र साम्तेन भुटिया को मुख्य भूमिका रहेको यो चलचित्र कमेडी शैलीमा आधारित छ।
पहिलो भागलाई प्रणव जोशीले निर्देशन गरेका थिए । तर दोस्रो श्रृंखलामा भने को निर्देशन हुने हो टुंगो भइसकेको छैन । माधव वाग्लेको निर्माण रहेको चलचित्र विनयको कम्पनी भी मोक्सन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको हो ।