चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको अभिनेता विपिन कार्कीको लोकप्रिय पात्र ‘भष्मे डन’ माथि निर्माण हुने चलचित्रमा अभिनेता सौगात मल्लको पनि भित्रिएका छन् । उनीसँग निर्माण टिमको मौखिक सहमति भइसकेको छ । निर्माण टिमले सौगातसँग छिट्टै कागजी सम्झौता पनि गर्ने तयारी अघि बढाएको छ।
दीपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्र ‘भष्मे डन’मा विपिन फेरि भष्मे डनको भूमिकामा देखिने भएका हुन् । भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् । साथै, मित बाको चरित्रलाई पनि स्पिन-अफमा ल्याउने तयारी छ । अभिनेता खगेन्द्र लामिछानेले स्क्रिप्ट लेखिरहेको चलचित्रको आगामी फागुन १२ गतेबाट छायांकन सुरु हुनेछ ।