निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रमा आज अभिनेत्रीको रूपमा साक्षी लम्साल भित्रिएकी छन् । निर्माण टिम र मोडल साक्षीबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
पारिवारिक र प्रेमकथामा बन्ने चलचित्रमा यसअघि अभिनेताद्वय आर्यन सिग्देल र मुकुन भुसाल अनुबन्धित भएका थिए । चलचित्रका लागि अझे एक अभिनेत्री छान्न बाँकी रहेको लेखक लक्ष्मण सुवेदीले बताए ।
आगामी फागुन पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको नेपाल र यूएईको दुबईमा छायांकन हुनेछ । लक्ष्मण सुवेदीको पटकथा रहने चलचित्र ग्रामीण जीवनको सुख–दुःखमा आधारित हुने बताइएको छ । जय माँ दुर्गे फिल्म्स प्रािलको ब्यानरमा बन्ने चलचित्रको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन् ।