आसिफले निर्देशन गर्ने ‘शुभ विवाह’मा निश्चल र स्वस्तिमा

अभिनेता तथा उद्घोषक आसिफ शाहले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । उनको निर्देशनमा चलचित्र ‘शुभ विवाह’ बन्न लागेको हो । चलचित्रमा अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहने छ । निर्माण टिमको दुवैसँग औपचरिक सम्झौता गर्ने तयारी रहेको छ । चलचित्रमा शाह स्वयंको पनि अभिनय रहनेछ ।

विवाहको कथावस्तुमाथि निर्माण हुन लागेको कमेडी जनरामा बन्ने चलचित्रलाई जी-ट्वान्टीवान प्रोडक्सनले निर्माण गर्नेछ । यसअघि जी-ट्वान्टीवान प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘दुई रुपैयाँ’मा निश्चलको मुख्य भूमिका थियो र स्वस्तिमाले ‘कुटुमा कुटु’ गीतमा नृत्य गरेकी थिइन् ।

फिल्मको अर्को वर्षको जेठबाट सुरु गर्ने सोचमा आसिफ छन् । यसपछि ‘डामाडोल’ निर्माण गरिने उनको भनाई छ । यो फिल्मलाई पनि आसिफले निर्देशन गर्न सक्नेछन् ।

लकडाउनभन्दा अगावै घोषणा गरिएको फिल्म ‘डामाडोल’लाई पछाडि सार्दै उनले नयाँ फिल्मलाई अगाडि सारेका हुन् ।

Leave a Reply