करिश्मा मानन्धरले चरित्रहत्या गरेको भन्दै डिल्लीराम खनालविरुद्ध दिइन् साइबर ब्युरोमा उजुरी

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो नाम जोडेर अन्तर्वार्ता दिँदै चरित्रहत्या गरेको भन्दै डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । डिल्लीराम खनालले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग आफ्नो नाम जोडेर भ्रमपूर्ण अभिव्यक्ति दिएपछि करिश्माले उनीविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । मंगलबार साइबर ब्यूरोमा आफूले खनालविरुद्ध उजुरी दिएको उनले फेसबुकमार्फत् जनाएकी छन् ।

खनालले बोलेको भिडियो शेयर गर्दै उनले लेखेकी छन्, ‘उहाँ को हो ? यो अत्ति भयो । भैहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भने सहेँ, सहेँ । हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु । हेरुँ नेपालको कानुन कत्तिको बलियो छ । प्रेम दाई भन्नुस म कसरी बसेको थिएँ ? लिभिङ टुगेदरमा ? म हिन्दू हुँ । यो विचारलाई विश्वास नगर्ने व्यक्ति हुँ । यो अति भयो । म मेरो संसारमा खुसी छु ।’

Leave a Reply