अभिनेत्री तथा मोडल जेविका कार्कीले विवाह गरेकी छन् । जेविकाले आफ्नो प्रेमी चलचित्रका निर्माण नियन्त्रक मनोज जोशीसँग बिहीबार विवाह गरेकी हुन् । बत्तिसपुतली स्थित अनुप फुडल्याण्डमा यी दुईले आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्।
जेविका र मनोजको केही अगाडि इन्गेजमेन्ट भएको थियो । विवाहको रिसेप्सन भने फाल्गुण ७ गते राखिएको छ । जेविकाले ‘हिजोआजका कुरा’, ‘जयश्री दाम’, ‘कारखाना’, ‘पर्व’ र ‘जन्मभूमि’जस्ता चलचित्रमा साथै थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।
तस्विर :टौवा इभेन्ट्स