दिवंगत कलाकार जयनन्द लामाको स्मृतिमा सालिक स्थापना गरिएको छ । उनको जन्मथलो सिन्धुपाल्चोकमा १२ फिट अग्लो सालिक बनाइएको हो । जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमका बीच बाह्रबिसे–३ धार्पाको थिङटोलमा उनको निजी जग्गामै सालिक निर्माण गरी अनावरण गरेको हो । कोषले ८ लाख रुपैयाँको बजेटमा बनाएको सालिकमा लामा डम्फु बजाएर नाचिरहेको देखिएको छ ।
लामाको गत वर्ष फागुन ११ गते निधन भएको थियो । उनी भक्तपुरको मध्यपुरथिमि स्थित आफ्नो निवासको गेटअघि मृत फेला परेका थिए । लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।