श्वेता खड्काको भव्य जन्मदिन पार्टीमा को-को पुगे खुसीमा साथ दिन? (फोटो र भिडियो सहित )

पनौतीमा जन्मेकी अभिनेत्री श्वेता खड्काले माघ २२ गते आफ्नो जन्मदिन भव्य रुपमा मनाएकी छिन्। नेपाली चलचित्र इन्डस्ट्रीकी लोकप्रिय नायिका श्वेता एक कलाकार सँगै निर्मात्री, समाजसेवी र व्यवसायी पनि हुन् । पछिल्लो समय चलचित्र ‘कान्छी’मा देखिएकी उनी यति बेला आफ्नो व्यवसाय र समाजसेवामा व्यस्त छिन् । उनले श्वेता श्री फाउन्डेसनबाट सिन्धुपाल्चोकको इन्द्रावती नदी किनारका माझीका लागि एकीकृत माझी बस्ती निर्माण गरेकी छिन् ।

उनले आफ्नो जन्मदिनको अवसर पारेर सञ्चालनमा ल्याएको एलिमेन्ट रेस्टुरेन्टको पनि ओपनिङ गरिन् । उनले जन्मदिनको अवसर पारेर नेपाली फिल्म इन्डस्ट्रीमा सङ्लग्न व्यक्तिहरूलाई आफ्नो जन्मदिन मनाउन निम्त्याएकी थिइन् ।

उनको जन्मदिन पार्टीमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य साथमा श्रीमती रमिला आचार्य, अभिनेत्री करिश्मा मानन्धर, निर्माता विनोद मानन्धर, अभिनेत्री तथा निर्देशक रेखा थापा, झरना थापा,संचिता लुईटेल, केकी अधिकारी, रिमा विश्वकर्मा, केदार प्रसाद घिमिरे, जितु नेपाल, सन्दिप क्षेत्री, अनुभव रेग्मी, कविता रेग्मी लगायतका कलाकार उपस्थित रहेका थिए।

Leave a Reply