८ वर्षपछि अभिनयमा फर्किए महानायक राजेश हमाल

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा अनुबन्धित भएका हुन् ।आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन् ।

सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’पछिल्लो पटक चलचित्र‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि चलचित्रमा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए ।

एक्सन प्रधान रहने चलचित्रमा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको चलचित्रको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ ।निर्देशक दिवाकरले चलचित्रको कथावस्तु मनपराएपछि हमाल आफ्नो चलचित्रमा अभिनयका लागि तयार भएको र यो चलचित्रले राजेश हमालको गर्विलो कमब्याक गराउने दावी गरे।

Leave a Reply