केकी र उपासना ‘के घर के डेरा २’ मा फाइनल, बलियो बन्यो कलाकारको लाइनअप

केकी अधिकारी र उपासना सिंह ठकुरी नयाँ फिल्म ‘के घर के डेरा २’ का लागि फाइनल भएका छन्। आर्यन सिग्देल, निश्चल बस्नेत र खगेन्द्र लामिछाने फिल्मका लागि फाइनल भइसकेकाले अहिले चलचित्रको स्टारकास्ट उत्साहित देखिन्छन् ।साउनको २५ गते अर्थात शुक्रबारदेखि छायांकनमा जान लागेको चलचित्र‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ ।

यो दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र हो, जसलाई बुद्धिसागरले लेखेका हुन् । चलचित्रको छायांकन काठमाडौंमा हुने निर्माणपक्षले बताएको छ । यो चलचित्रका लाागि नायिकाद्धय केकी अधिकारी र उपासना सिंह ठकुरीलाई फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ । केकी र उपासना दुबैसँग निर्माणपक्षले कागजी संझौता गरेको छ ।


चलचित्रलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माणपक्षको भनाई छ । यो चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । निर्माताहरूले यसलाई तिहार २०८१ मा रिलिज गर्ने घोषणा गरे तर यो मितिमा रिलिज हुने छैन किनभने शुटिंग अझै सुरु भएको छैन।

Leave a Reply