कोरोनाबाट सङ्क्रमित टम ह्यांक्स र रिटा अस्पतालबाट डिस्चार्ज

चर्चित हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सन ५ दिनअघि कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो । अस्ट्रेलियामा चलचित्रको छायाङ्कनका क्रममा कोरोनाबाट सङ्क्रमित भएका यी जोडी अस्पतालबाट डिस्चार्ज भएका छन् । टमले आफ्नो अफिसियल इन्स्टाग्रामबाट उपचारमा सहयोग गर्नेलाई धन्यवाद दिँदै सबैले एक अर्काको ख्याल राख्न अनुरोध गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएका उनीहरू अस्ट्रेलियामा भाडामा लिएको घरमै ‘होम क्वारेन्टाइन’ मा रहनेछन् । ह्यांक्स एल्भिस प्रिस्लेको जीवनीमा आधारित फिल्मको छायाङ्कनको अस्ट्रेलिया पुगेका थिए ।

ह्यांक्स र उनकी पत्नी दुबैको उमेर ६३ वर्षका छन् । दुई पटक ओस्कार अवार्ड जितेका अभिनेता ह्यांक्स पत्नीसँग गत जनवरी २६ मा अस्ट्रेलियाको गोल्ड कोस्ट गएका थिए । अभिनेता ह्यांक्स अभिनित फरेस्ट गम्प , कास्ट अ वे , ड टर्मिनल लगायतका फिल्म निकै चर्चित छन् ।

Leave a Reply