सौगात र श्रृष्टीको ‘लभ लकडाउन’

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला विश्व नै लक डाउनमा छ । कोरोनाको त्रासले एक महिनायता नेपाली चलचित्रको छायांकनदेखि प्रदर्शनसम्म स्थगित हुँदा कलाकारहरु पनि लक डाउनका कारण घर भित्रै छन् ।
कलाकारहरु कोही आफ्नो परिवारसंग समय बिताइरहेका छन् भने कोही श्रीमान् वा श्रीमतीसँग खाना पकाइरहेका छन् , कोही किताब पढ्दै, चलचित्र हेर्दै बसेको देख्न सकिन्छ ।

यसैक्रममा नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठले लक डाउनका कारण एकसाथ समय बिताउन पाइरहेका छन् । नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही समयदेखि लिभिङ टूगेदरमा छन् । यो जोडीले बिहे गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् ।नायिका श्रृष्टी श्रेष्ठले नायक सौगात मल्लसँगको तस्वीर इन्स्टाग्राम मार्फत शेयर गर्दै लक डाउनलाई ‘लभ लकडाउन’ भनेर उल्लेख गरेकी छिन् । लक डाउनमा एकसाथ समय बिताउन पाउँदा पक्कै पनि सौगात र श्रृष्टीको लागि यो समय ‘लभ लकडाउन’ नै हो ।

Leave a Reply