नायिका वर्षा राउतले नेपाल र भारतबीच उत्पन्न भएको सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले उनको चर्को आलोचना भयो। त्यति मात्र नभएर उनलाई जथाभावी गाली पनि गरियो । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि वर्षाले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै क्षमा पनि मागेकी थिए । सामाजिक सञ्जालमा केही व्यक्तिले वर्षालाई तल्लो स्तरको शब्द प्रयोग गरेर गालीगलौजमा समेत गरेका थिए । यसले आफूलाई ठूलो तनाव दिएको वर्षाले बताउँदै आएकी छिन्।
केहीदिन अगाडि मात्र नायक संजोग कोइराला र नायिका वर्षा राउतले जारी गरेको एक विज्ञप्तिमा पनि आफूहरू शतप्रतिशत ठिक नभएको तर यो घटनाले पूर्ण रुपमा तनाव नदिएको पनि बताएका थिए । उनै, वर्षाले सामाजिक सञ्जालमा आफूलाई यो समयमा माया गर्ने, आशीर्वाद दिने सबैलाई धन्यवाद लेख्दै वर्षाले आफूले पाएको मायाले आफूलाई स्वस्थ राख्न र सुरक्षित राख्न सहयोग गर्ने बताएकी छिन् । वर्षाले आफू पानी पर्दा मुस्कुराउने युवती बन्न चाहेको लेखेकी छिन् ।