चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक,गीतकार तथा निर्माता दयाराम दाहाल नियुक्त भएका छन् । गत वर्षको मङ्सिर २९ गते अध्यक्ष केशव भट्टराईको निधन भएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली भएको थियो । रिक्त रहेको उक्त पदका लागि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।

बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस गरेको थियो ।मन्त्री परिषद्ले प्रक्रियागत रूपमा दाहाललाई चलचित्र विकास बोर्ड अध्यक्ष पदमा नियुक्त गरेको हो । अध्यक्ष दाहालले शुक्रबारदेखि बोर्डमा हाजिर गर्ने बुझिएको छ ।

Leave a Reply