कोरियोग्राफर तथा निर्देशक रेनाशा वान्तवा राईको निर्देशनमा बन्ने चलचित्र ‘आई एम ट्वान्टी वान’को अब भने छायांकन सुरु हुने भएको छ । चलचित्रको प्रि-प्रोडक्सनका सम्पूर्ण काम सकिएकाले लकडाउन खुलेपछि छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । चलचित्र लाई सन् २०२१ मा प्रदर्शन गरिने निर्देशक रेनशा वान्तवा राईले जानकारी दिएकी छन् । उनले इन्स्टाग्राममार्फत् धिरज र जसिता तस्बिर साझेदार गर्दै चलचित्रका लागि धिरज र जसिता लगभग तयार भएको उल्लेख गरेकी छन् । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । ‘आइ एम ट्वान्टी वान’ नृत्यको कथामा आधारित भएर निर्माण हुनेछ । चलचित्रको वर्कशप चलेको पनि लामै समय भैसकेको छ । यस चलचित्रमा अभिनेत्री जसिता गुरुङ र धिरज मगरको मुख्य भूमिका रहेको जनाइएको छ । यस चलचित्रमा अन्य कलाकारहरुको बारेमा भने जानकारी गराइएको छैन । धिरज र जसिताको जोडीलाई पर्दामा हेर्न दर्शक आतुर छन् ।