नेपाली चलचित्रकर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लील प्रतिक्रिया आएमा साइबर क्राइमको कानुन लाग्ने भएकाे छ । नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ संगठनहरूले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । संयुक्त विज्ञप्तीमा सामाजिक सञ्जालमा हुने गरेको चलचित्र क्षेत्र तथा चलचित्रकर्मी लक्षित गाली गलोजलाई रोक्न अपिल गरिएको छ ।
सार्वजनिक गरिएको विज्ञप्तीमा लेखिएकाे छ, ‘नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र नृत्य संघले सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको हुँदा अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो ।’अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन हुनु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार नभएको विज्ञप्तीमा उल्लेख छ । ‘यस किसिमको हर्कत निन्दनीय मात्र नभएर अक्षम्य पनि हुने हुँदा चलचित्रकर्मी र दर्शकविच अन्योन्याश्रित सम्बन्ध रहेपनि कुनै एक पक्षबाट शिष्टताको पराकाष्ट नाघेमा कानुनी उपचारमा जानु वाध्यकारी हुनेछ, विज्ञप्तिमा जनाइएकाे छ । यस्तो किसिमको प्रतिक्रिया नरोकिएमा नेपालबाट आएको प्रतिक्रिया भए नेपालको साइबर कानुन र विदेशबाट आएको प्रतिक्रिया भए परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।
पढ्नुहोस् पुरा विज्ञप्ती:-