नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालका एक मात्र भाइ राकेश हमालको बुधवार निधन भयो । भारतको नयाँ दिल्लीमा उनको उपचारका क्रममा निधन भएको हो । कलेजोको समस्याका कारण उनलाई केही दिनअघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्याइएको थियो । नयाँ दिल्लीको ह्याम्स अस्पतालमा उनको निधन भएको हो । अभिनेता राजेश र राकेशको परिवार राजधानीमा एउटै घरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमै छन् ।एउटै घरमा बस्ने भएकाले उनी भाईसँग निकै नजिक थिए । राजेश हमालले बाल्यकालका दाजुभाइका तस्बिर सेयर गरेका छन् ।
उनी भावुक बनेका सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गुड बाई डियर काकु । मे यु अलवेज फाइन्ड पिस ।’ अर्थात् अलविदा प्रिय काकु । राजेशले बाल्यकालका हरेक कुरा सम्झिएका छन् । उनले खेलेका हासेका लगायतका तस्विर सेयर गरेका छन् । राजेश र उनका भाई राकेश डेढ बर्ष मात्र जेठा कान्छा रहेका छन् । राकेश नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद मार्फत संञ्चालित राष्ट्रिय अपांग कोषका पुर्ब सभापति हुन् । आफूभन्दा डेढ वर्ष मात्र कान्छा भाइ राकेशको निधनले राजेश यती छिट्टो गुमाउनुको पीडा सायदै कसैले सोच्न सक्छ ।