अभिनेत्री ऋचा शर्माले गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेकी छिन् । गृहमन्त्री थापाले नेपालमा बलात्कारका घटना विश्वको तुलनामा निकै कम रहेको बताएपछि ऋचाले सामाजिक सञ्जालमा आक्रोश पोखेकी हुन् । ऋचाले आक्रोश पोख्दै यस्ता व्यक्तिहरूको नाम याद राखेर इतिहासमा लेखाजोखा हुने बताएकी हुन् । पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापाले बलात्कारको विषयमा दिएको बयानले आक्रोशित भएकी ऋचाले बुँदागतरुपमा एक लामो स्ट्याटस लेखेकी छिन् ।
अभिनेत्री शर्माले लेखेकी छिन् –
१. यस्तो बेला बलात्कार भैरहन्छ – भुकम्प पछि मा. गृहमन्त्री बामदेव गौतम
२. बलात्कार पुजिवाद ले गराएको हो – निर्मला हत्याकाण्ड पछि मा. गृहमन्त्री रामबहादुर थापा।
३. बलात्कार भनिएको केस मा ९०% महिला ले ईन्जोए गर्छन – मा. रामनारायण बिडारी।
४. दिन मा ७ जति मात्रै बलात्कार, चिन्ता लिनु पर्ने अवस्था होईन – मा गृहमन्त्री रामबहादुर थापा।
याद राख्नुहोला यी नाम हरु, ईतिहास मा लेखाजोखा हुनेछ।