गायक कृष्ण कार्की र गायक पवन भाटको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । दसैँ तिहारलाई लक्षित गर्दै सार्वजनिक भएको ‘ए आमा’ बोलको गीत ‘ठग लाइफ नेपाल मिडिया’ को युट्युब च्यानलमा उपलब्ध छ । दसैँ र तिहारको मर्म बोकेको गीतमा दसैँ र तिहारमा टाढा रहँदाको पिडालाई व्यक्त गरिएको छ । गीतमा शब्द हिराछवी श्रीषाको रहेको छ भने यसमा दर्पण यात्रीको सङ्गीत रहेको छ ।
गीतमा विमला गिरी , दर्पण यात्री , दिया यात्री , सफलता , सुरज पुन र सागर लम्सालको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् भने यसमा दिन्सन शाहको सम्पादन रहेको छ । भिडियोलाई गीतकार श्रीषाले नै निर्देशन गरेका हुन् । गीतको भिडियो निकै राम्रो बनेको छ र अडियो पनि मन छुने रहेको छ । भिडियो हेर्नुहोस :