चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को बिहिबारबाट पालुङमा छायांकन सुरु गरिएको छ । सुवर्ण थापाको निर्देशनमा र नायक सौगात मल्लको निर्माणमा यो चलचित्र बनिरहेको छ । चलचित्रमा नायिकाको रुपमा श्रृष्टी श्रेष्ठ र मेनुका प्रधान जोडिएका छन् । चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधानको मुख्य भूमिका छ । चलचित्रमा नायक दयाहाङ राई र निर्देशक तथा कलाकार निश्चल बस्नेतको भने विशेष भूमिकामा देखिनेछन् । १५ दिन पालुङमा छायांकन गरेपछि निर्माण टिम बाँकी छायांकनका लागि काठमाडौं फर्किने तयारीमा छ ।