इन्दिरा जोशी २ बर्षदेखि प्रेममा,लेख्छिन्-‘जिन्दगीको अन्तिम श्वाससम्म एकसाथ हुनेछौं’

गायिका इन्दिरा जोशीले आफु प्रेममा रहेको खुलाएकी छिन्। उनले सामाजिक संजालमार्फत एक स्टाटस लेख्दै आफु २ बर्षदेखि प्रेममा रहेको बताएकी हुन् ।

इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’ उनले शेयर गरेको तस्बिरमा इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै औठी पनि लगाइदिएका छन् ।

Leave a Reply