यस साताका दश उत्कृष्ट नेपाली गीतहरु(भिडियोसहित)

प्रविधिको विकासले गीतसंगीतको प्लेटफर्म फराकिलो बनाएको छ। भिडियो सेयरिङ प्लेटफर्म युट्युबको बढ्दो प्रयोगसँगै नेपाली संगीत उद्योगले पनि यसको सदुपयोग गरिरहेको छ।पछिल्लो समयमा युट्युबमा सातापिच्छे एकसे एक गीतहरू नयाँ–नयाँ च्यानलमार्फत अपलोड भइरहेका छन् । दर्शकले पनि उत्तिकै हेरेका छन् ।

यसैबीच लोकप्रिय र प्रभावकारी फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत एउटा नयाँ कार्यक्रम संचालन गरिरहेको छ । गएको एक महिना देखि सुरु गरेको कार्यक्रममा हरेक हप्ता शनिबार नयाँ एपिसोड आउछ र हरेक शनिवार नेपाली समय बिहान आठ बजे देखि अर्को शनिवार बिहान आठ बजेसम्म सबै भन्दा बढी युट्युबमा हेरिएका १० वटा गीतलाई समावेश गरिन्छ ।

यस साता ‘रुटिन अफ नेपाल बन्द’मा चुनिएका दश उत्कृष्ट नेपाली गीतहरु :

१०. ‘जनम जनम ’
आनन्द कार्की र मिलन नेवारको स्वर रहेको गीत केही पहिले एक स्टेज कार्यक्रममा गाएपछि फेरि चर्चामा आएको हो । यो गीत टिकटक, सामाजिक सञ्जाल लगायत सबैतिर भाइरल भएको थियो ।
९ . ‘टाढा भए पनि’
उर्गेन डोङ र दीपा लामामा स्वरमा सार्वजनिक भएको यो गीत पछिल्लो समय रुचाइएको छ । गीत रुचाइएपछि यसको फिमेल भर्सन पनि रिलिज गरिएको छ ।
८.‘दुरी मजबुरी’
‘दि भ्वाइस अफ नेपाल’ सिजन १ का विजेता सीडी बिजय अधिकारी र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘दुरी मजबुरी’ बोलको गीतले दर्शकको माया पनि पाइरहेको छ ।
७.‘पछेउरी लिस्यो’
समिक्षा अधिकारी,अर्जुन सापकोटा र रबिन लामिछानेको स्वरमा रहेको गीत लोक दोहोरी गीत हो ।

६. ‘आँखामा आउने सपनी’
एकदेव लिम्बुको आफ्नै शब्द रचना रहेको यस गीतमा स्वर पनि उनैको रहेको छ। यो गीत पनि रुचाइएको गीतहरु मध्ये एक हो ।
५. ‘जोडी परेवा’
कलौटे,मुसी,मिलन र विराज गन्धर्वको स्वर रहेको गीत सामाजिक सञ्जाल र युट्युबमा निकै भाइरल भएको गीत हो।
४.‘साडी मलमल’
कृष्ण कार्की र स्मिता दाहालको स्वर रहेको ‘साडी मलमल’ गीतमा सागर लम्साल (बले), हरिस निरौला (कक्रोज) ,दिपा,दमन्ता र प्रिज्मा ,प्रिन्सी फिचर्ड छन् ।
३. ‘फुलबुट्टे सारी’ लेजेण्डरी भर्सन
मेल, फिमेल र चाइल्ड भर्सनमा निकै रुचाईएको लोकप्रिय र चर्चित गीत ‘फुलबुट्टे सारी’ को वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा लेजेण्डरी भर्सन पनि दर्शकले निकै मन पराएका छन् ।
२. ‘फुलबुट्टे सारी’ फिमेल भर्सन
मिलन नेवारको आवाजमा फिमेल भर्सनमा रिलिज भएको ‘फुलबुट्टे सारी’ गीतले दर्शकको मन जितेको छ भने थुप्रै रेकर्डपनि बनाईसकेको छ ।
१. ‘टाढा भए पनि’ फिमेल भर्सन
अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिने यो गीतले युट्युबमा नयाँ रेकर्ड पनि बनाएको छ । यो गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टा भित्र सबैभन्दा बढी पटक हरिएको थियो ।

 

Leave a Reply