यस साताका दश उत्कृष्ट नेपाली गीतहरु(भिडियोसहित)

हरेक दिन युट्युबमा नयाँ–नयाँ च्यानलमार्फत नेपाली गीतहरू सार्वजनिक हुने गर्छन् । हरेक गीतले दर्शकश्रोताको माया पाउछन् भन्ने चाहिँ हुदैन । कुनै गीतले दर्शकको माया मात्र पाउछन् भने कुनैले भ्युज मात्र र केही गीतले दुवै । यसैबीच लोकप्रिय र प्रभावकारी फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत हरेक हप्ता एउटा कार्यक्रममा सबै भन्दा बढी युट्युबमा हेरिएका १० वटा गीतलाई समावेश गर्दै आएको छ ।

हेर्नुहोस् यस साता ‘रुटिन अफ नेपाल बन्द’मा चुनिएका दश उत्कृष्ट नेपाली गीतहरु :

१०.‘पछेउरी लिस्यो’
समिक्षा अधिकारी,अर्जुन सापकोटा र रबिन लामिछानेको स्वरमा रहेको गीत लोक दोहोरी गीत हो ।

९ .‘आँखामा आउने सपनी’
एकदेव लिम्बुको आफ्नै शब्द रचना रहेको यस गीतमा स्वर पनि उनैको रहेको छ। यो गीत पनि रुचाइएको गीतहरु मध्ये एक हो ।

८. ‘हातैका पौंजाले’
गायक तथा गितकार कुशल बेलवासे र गायिका शान्ती श्रि परियारको स्वरमा रहेको “हातैका पौंजाले”बोलको लोकदोहोरी गीतमा चर्चित मोडल ओवी राईमाझी र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

७. ‘जोडी परेवा’

कलौटे,मुसी,मिलन र विराज गन्धर्वको स्वर रहेको गीत सामाजिक सञ्जाल र युट्युबमा निकै भाइरल भएको गीत हो।

६. ‘पछुताउनु पर्ला’
गायक बलबहादुर राजवँशीको स्वर र गीतकार डा राजुबाबुर श्रेष्ठको शब्दमा रहेको “पछुताउनु पर्ला” बोलको म्युजिक भिडियोमा हरि लम्सालको संगीत रहेको छ ।

५. ‘फिक्का चिया’
गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको स्वरमा रहेको गीत ‘फिक्का चिया’ को भिडियोमा पल शाह र रियासा दाहाल फिचर्ड छन् ।

४. ‘सलाई छ सलाई’
दुर्गेश थापा र योगेश काजीको स्वर र शब्द रहेको गीत ‘सलाई छ सलाई’ (जय शम्भु)को भिडियोमा भने आर्यन सिग्देलले अभिनय गरेका छन् । दुर्गेश र आर्यनको यो पहिलो सहकार्य हो ।

३.‘फुलबुट्टे सारी’ फिमेल भर्सन
मिलन नेवारको आवाजमा फिमेल भर्सनमा रिलिज भएको ‘फुलबुट्टे सारी’ गीतले दर्शकको मन जितेको छ भने थुप्रै रेकर्डपनि बनाईसकेको छ ।

२. ‘चौका दाउ’
गायिका शान्ति श्री परियार र गायक कृष्ण बाबु परियारको आवाजमा रहेको ‘चौका दाउ…’ ले सार्वजनिक भएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

१. ‘टाढा भए पनि’ फिमेल भर्सन
अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिने यो गीतले युट्युबमा नयाँ रेकर्ड पनि बनाएको छ । यो गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टा भित्र सबैभन्दा बढी पटक हरिएको थियो ।

Leave a Reply