बलिउड नायिका यामी गौतम वैवाहिक जीवनमा बाधिएकी छिन् । उनले कोरोनाको समयमा परिवारको मात्र उपस्थितीमा आदित्य धरसँग बिहे गरेकी हुन् । आदित्य धर चलचित्र ‘उरी’ को निर्देशक हुन् र सोहि चलचित्रमा यामीले मुख्य भूमिका निभाएकी थिइन्। यी दुईले आ-आफ्नो इन्स्टाग्राम अकाउन्टबाट विवाहको तस्विरसार्वजनिक गरेका छन्। यामी गौतम र आदित्यले फोटो सार्वजनिक गर्दे लेखेका छन् ,” हाम्रो परिवारको आशीर्वादले हामीले एक निजी समारोहका बीच बिहे गरेका छौँ। निजी व्यक्ति भएको कारण हामीले आफ्नो परिवारसँग यो खुशीको अवसर साझा गरेका छौँ । हामी आफ्नो प्रेम र मित्रताका साथ यस यात्रामा तपाईहरुको आशिर्वाद र माया चाहन्छौ। तपाईहरुको यामी र आदित्य’। यामीले सन् २०१२ को चलचित्र ‘विकी डोनर’बाट बलिउडमा पाइला टेकेकी हुन् ।