मलिका महतको सुन्दरता(फोटो फिचर)

चलचित्र ‘यात्रा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मलिका महत अहिले म्युजिक भिडियोमा व्यस्त छिन् । नायक शाहसँग ४ वटा म्यूजिक भिडियोमा काम गरिसकेकी महत दर्शकमाझ भने म्यूजि भिडियोका कारण परिचित छिन् । उनले अभिनय गरेका ‘फुलबुट्टे सारी, टाढा भएपनि, आँखैमा आउने सपनी’ लगायतका गीत सुपरहिट भैसकेका छन्। हालै पछिल्लो समय निकै रुचाइएको पीएम जोडी अर्थात् नायक पल शाह र नायिका मलिका महत फिचर्ड ‘तिम्रो मनमा ए कान्छा’को फिमेल भर्सन नयाँ डान्स नम्बर म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

उनको सुन्दरताको प्रशंसा निकै हुने गर्दछ । सामाजिक सञ्जालमा मलिकालाई पछ्याउनेको कमी छैन । छोटो समयमा नै उनले निकै फ्यान कमाएकी छिन् । मलिकालाई खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’ मा देख्न सकिनेछ । लकडाउनका कारण यो चलचित्रको काम यतिबेला रोकिएको छ ।
तस्विरमा हेरौं मलिका महतको सुन्दरता :



Leave a Reply