अभिनेता कर्मा शाक्य हलिउड चलचित्रमा अनुबन्धित भएका छन् । चलचित्रको नाम भने ‘फ्रोस्टबाइट’ रहेको छ ।
सन् २०२२ को फेब्रुअरीमा नेपाल र अमेरिकामा छायांकन हुने चलचित्रलाई डिज्नेका एनिमेटर किरणभक्त जोशीले अमेरिकन कम्पनी इलेक्ट्रिक ब्रेन इन्टरटेनमेन्टको संयुक्तमा निर्माण गर्न लागिएको हो।
सगरमाथामा खसेको हिम पहिरोमा बाँच्न सफल चार आरोहीको कथामा आधारित यस चलचित्रलाई सुपरहिरो चलचित्र ‘एक्समेन’ र ‘थोर’ लेखक ज्याक स्टेन्जले लेखेका हुन् ।
चलचित्रमा कर्मासँगै बलिउड अभिनेता गुल्सन ग्रोबर पनि देखिनेछन् । यस अघि चलचित्र द म्यान फ्रम काठमाण्डूमा कर्मा र ग्रोबरले सहकार्य गरेका थिए । चलचित्रका लागि अन्य कलाकार अमेरिका बाट नै छनौट गरीने छ भने एक कलाकार चाँही भुटानको रहने बताइएको छ ।